नियम १६९
पट्टा दिने र कबुलियत गराउने
(१) यस नियमावली बमोजिम आन्तरिक आय उठाउने बोलपत्र वा डा“क स्वीकृत भैसकेपछि ठेक्का बन्दोबस्त गर्ने स्थानीय निकाय वा अधिकारीले सात दिनभित्र सो कुराको सूचना बोलपत्र वा डा“कवालालाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचना जारी गर्दा बाटाका म्याद बाहेक सात दिनको म्याद दिई सो म्यादभित्र आÇनो कबूल बमोजिम कबुलियत गर्न नआएमा त्यस पछिको बोलपत्र वा डा“कवालालाई ठेक्का दिइने कुरा स्पष्ट खोली सूूचना तामेल गर्नु गराउनु पर्नेछ । यस्तो सूचना जारी गर्दा सूचना पाउनु पर्ने व्यक्ति नभेटिएमा वा सूचना बुझी नलिएमा स्थानीय गाउ“ विकास समितिका सदस्य एक जना समेत स्थानीय व्यक्तिहरु
चार जनालाई साक्षी राखी सूचना पाउनु पर्ने व्यक्तिको घर दैलोमा टा“स गरेमा पनि सो सूचना प्राप्त भएको मानिनेछ ।
तर यस्तो सूचना कुनै स्थानीय पत्रपत्रिकामा प्रकाशन गरेमा पनि सम्बन्धित व्यक्तिले सूचना प्राप्त गरेको मानिनेछ ।
(३) उपनियम (१) र (२) बमोजिम जारी भएको सूचनाको म्यादमा सो व्यक्ति हाजिर भई कबुलियत गर्न मञ्जूर गरे ठेक्का बन्दोबस्त गर्ने स्थानीय निकायको सचिवले निजबाट तुरुन्त कबुलियत गराई निजलाई पट्टा वा चलन पूर्जी दिनु पर्नेछ । त्यस्तो व्यक्ति हाजिर नभएमा वा आÇनो कबुल बमोजिम कबुलियत गर्न मञ्जूर नगरेमा निज पछिको दोस्रो, तेस्रो क्रम अनुसार अरु बोलपत्र वा डा“कवालालाई प्राथमिकता दिई उपनियम (२) बमोजिमको सूचना जारी गरी ठेक्का बन्दोबस्त गर्नु पर्नेछ । यसरी ठेक्का वन्दोवस्त गर्दा त्यस्तो रकम स्थानीय निकायले अनुमान गरेको अड्ढ भन्दा कम हुने रहेछ भने यस नियमावलीको प्रकृया पु¥याई पुन बोलपत्र आव्हान गर्नु पर्नेछ ।
(४) स्थानीय निकायले संयुक्त रुपमा आव्हान गरेको बोलपत्र वा बढाबढको डा“क स्वीकृत गर्ने र ठेक्का बन्दोबस्त गर्ने अख्तियारवालाले बोलपत्र खोलिएको वा डा“क बोलाइएको तीन दिनभित्र बोलपत्र वा डा“क स्वीकृत गर्ने वा नगर्ने निकासाका लागि सो स्वीकृत गर्ने संयुक्त समिति समक्ष पेश गरी निकासा भए बमोजिम गर्नु पर्नेछ । स्थानीय निकायको संयुक्त समितिले पनि यसरी पेश भएको पन्ध्र दिनभित्र बोलपत्र वा डा“क स्वीकृत भए वा नभएको निकासा दिइसक्नु पर्नेछ । सो म्यादभित्र पेश नगरेको वा निकासा नदिएको कारणले स्थानीय निकायलाई कुनै हानी नोक्सानी भएमा जसको ढिलाई वा लापरवाहीले गर्दा म्यादभित्र पेश वा निकासा हुन नसकेको हो सो जिम्मेवार व्यक्तिबाट सो हानी नोक्सानी असूल उपर गरी लिनु पर्नेछ ।
(५) बोलपत्र वा डा“क स्वीकृत भए पछि त्यस्तो वोलपत्रदाता वा डा“कवालाबाट स्वीकृत ठेक अड्ढको कुल रकमको नेपाल राष्ट्र बैड्ढबाट मान्यता प्राप्त बैड्ढको कम्तीमा छ महिना म्याद भएको परफरमेन्स वण्ड वा नगदै रकम प्राप्त भएपछि ठेक्का पाउने सबै शर्त खुलाई सम्बन्धित ठेकेदारस“ग अनुसूची–७८ बमोजिम कवुलियत गराई अनुसूची–७९ बमोजिम पट्टा दिनु पर्नेछ ।
(६) बोलपत्र वा डा“क स्वीकृत भएको सूचना प्राप्त भए पछि सो सूचनामा तोकिएको म्यादभित्र बोलपत्र वा डा“कवालाले चलन पूर्जी नलिएमा वा पट्टा नउठाएमा निजले नियम १६७ को उपनियम (५) बमोजिम राखेको जमानत जफत भई स्थानीय निकायको कोषमा दाखिला हुनेछ ।